Home बजार बुधवार तोलामा ३०० ले ओरालो लाग्यो सुनको मूल्य

बुधवार तोलामा ३०० ले ओरालो लाग्यो सुनको मूल्य

by अर्थन्यूज

काठमाडौं – स्थानीय बजारमा बुधवार सुनको मूल्य तोलामा रू. ३०० ले ओरालो लागेको छ । मंगलवार तोलामा रू. एक हजार १०० ले उकालो लागेको सुनको मूल्य बुधवार भने झिनो अंकका साथ ओरालो लागेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन तोलामा रू. ८९ हजार ८०० मा कारोबार हुने गरी मूल्य निर्धारण भएको छ । छापावाला सुन मंगलवार तोलामा रू. ९० हजार १०० मा कारोवार भएको थियो । 

यस्तै, तेजाबी सुन तोलामा रू. ८९ हजार ३५० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । तेजाबी सुन मंगलवार तोलामा रू. ८९ हजार ६५० मा कारोबार भएको थियो । 

यस्तै चाँदी बुधवार तोलामा रू. १५ ले घटेको छ । मंगलवार रू. एक हजार ३६० मा कारोबार भएको चाँदी बुधवार भने रू. एक हजार ३४५ मूल्य निर्धारण भएको छ ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More