Home दूरसंचार एनसेल एपको नयाँ संस्करण सार्वजनिक

एनसेल एपको नयाँ संस्करण सार्वजनिक

by अर्थन्यूज

काठमाडौं – एनसेल ग्राहकले अब सजिलै एनसेल एपबाटै विभिन्न सेवा लिनुका साथै आफ्नो आवश्यकताअनुसार सेवा सुचारु गर्न सक्ने सुविधा पाउने भएका छन् ।

मोबाइल सेवाप्रदायक कम्पनी एनसेलले फागुन १० गते विविध थप सुविधासहित एनसेल एपको नयाँ संस्करण सञ्चालनमा ल्याएको हो ।

नयाँ संस्करण सेवा सञ्चालन अवसरमा कम्पनीले एप डाउनलोड गर्ने प्रत्येक नयाँ ग्राहकलाई १ जीबी डेटा निःशुल्क प्रदान गर्नेछ । नयाँ संस्करण एनसेलले आफ्नो अभियान ‘फास्ट फर्वार्ड लाइफ’ अन्तर्गत ल्याएको हो ।

यो अभियानले भविष्यको पुनर्कल्पना गर्दै डिजिटल पावरका साथ छिटो अगाडि बढ्न अभिप्रेरित गर्ने विश्वास कम्पनीको छ ।

संस्करण प्रयोग गर्ने एप प्रयोगकर्ताले सजिलै आफ्नो मोबाइलबाटै अनलाइन रिचार्ज, आफूलाई मन पर्ने भ्वाइस र डेटा प्याक तत्कालै सुचारु गर्न सक्नेछन् ।

एप डाउनलोड भएपछि ग्राहकले आफूलाई सुहाउँदो सेवा–सुविधाको सुझाव एपको मुख्य स्क्रिनमै पाउन सक्छन् । ग्राहकले एपको मुख्य स्क्रिनको तल्लो भागमा रहेको सप आइकनमा क्लिक गरी आफ्नो आवश्यकताअनुसारको डेटा र भ्वाइस प्याक लिन सक्ने एनसेलले जनाएको छ ।

त्यसैगरी यस संस्करणमा एपमार्फत ग्राहकले गुनासो दर्ता, मासिक बिल र सेवा खपतको ट्रयाकिङलगायत कार्य गर्न सक्छन् । यसमा सहज रूपमा सेवा खरिद गर्ने वा पहिले नै लिएको सेवा बन्द गर्न सकिने सुविधा पनि रहेको एनसेलले बताएको छ ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More