Home बैंकिङलघुवित्त नेशनल माइक्रोफाइनान्स र गणपति लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन बिहीवार

नेशनल माइक्रोफाइनान्स र गणपति लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन बिहीवार

by अर्थन्यूज

काठमाडौं –  गणपति लघुवित्त वित्तीय संस्था र नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन बिहिवार बिहीवारसम्म रहेको छ ।  

गणपति लघुवित्तले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि फागुन १४ गते देखि २८ गतेसम्म बुक क्लोज गरेसँगै बिहीवारसम्म कायम शेयरधनीले लाभांश पाउनेछन् । 

कम्पनीले गत आवको नाफाबाट शेयरधनीलाई १५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ७९ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव पारित गर्नका लागि कम्पनीले फागुन २८ गते ह्वाट हाउस पार्टी प्यालेस तनहुँमा साधारण सभा बोलाएको छ ।  

त्यसैगरी नेशनल माइक्रोफाइनान्सले फागुन १४ गते देखि चैत ५ गतेसम्म बुक क्लोज गरेसँगै बिहीवारसम्म कायम शेयरधनीले लाभांश पाउनेछन् । कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई २१ प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

यो प्रस्ताव पारित गर्नका लागि कम्पनीले चैत ५ गते साधारण सभा बोलाएको छ । सभा क्रिक रिर्सोट धादिङवेशी धादिङमा हुने जानकारी गराएको हो । 

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More