Home कर्पोरेट कर्मचारी सञ्चय कोषमा अब अनलाईनबाटै रकम जम्मा गर्न सकिने

कर्मचारी सञ्चय कोषमा अब अनलाईनबाटै रकम जम्मा गर्न सकिने

by अर्थन्यूज

कर्मचारी सञ्चय कोषमा अनलाईनबाटै रकम जम्मा गर्न सकिने भएको छ। कोषले संघीय र प्रदेश सरकार मातहतका कर्मचारीहरुलाई विद्युतीय सरकारी लेखाप्रणाली (सीजीएएस) मार्फत रकम जम्मा गर्ने व्यवस्था गरेको हो ।

यो सेवाको सुरुवात आज महालेखा नियन्त्रक मधुकुमार मरासिनी र कर्मचारी सञ्चय कोषका आध्यक्ष तथा राजस्व सचिव रामशरण पुडासैनीले संयुक्त रुपमा गरे । अनलाइन भुक्तानीको सुरुवात भएसँगै २ लाख ७२ हजार कर्मचारीलाई सहजता भएको महालेखा नियन्त्रक मधुसुदन मरासिनीले बताए । उनले संघीय र प्रदेश गरी ५ हजारभन्दा बढी कार्यालयका कर्मचारीको विवरण सहज रुपमा समयमा नै महालेखामा उपलब्ध हुने विश्वास पनि व्यक्त गरे । एक वर्ष भित्र यो सेवा पालिकास्तरका कर्मचारीहरुमा पनि लैवाने मरासिनीले जानकारी दिए ।

कोषका अध्यक्ष पुँडासैनीले बैंकबाट कोषमा रकम जम्मा गर्दा अत्याधिक समय लाग्नुका साथै रेकर्ड राख्न पनि समस्या पर्दै आएकोले यो सेवाले पारदर्शिता ल्याउँने बताए । त्यस्तै कोषका प्रमुख प्रशासक तुलसी गौतमले पछिल्लो समय प्रविधिको विकाससँगै कोष पनि अपडेट हुँदै गएको बताए । यो सेवा विस्तारले सञ्चयकर्तालाई सहज भएको उनको भनाई छ । अब यसलाई व्यवस्थित गर्दै लानु पर्ने चुनौती बढेको उनले बताए ।

हाल यो सेवा लिनको लागि २ लाख ६८ हजार कर्मचारी सिस्टममा आवद्ध भएका छन् भने ४ हजार कर्मचारी बाँकी सिस्टममा लिष्टिङ हुन बाँकी छन् ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More