Home कर्पोरेट नागरिक लगानी कोषले सेयर लिलामी गर्ने

नागरिक लगानी कोषले सेयर लिलामी गर्ने

by अर्थन्यूज

नागरिक लगानी कोषले फागुन २१ गतेदेखि ३ लाख ५४ हजार १५०.०५ कित्ता शेयर लिलामीमा बिक्री खुला गर्ने भएको छ । कोषले नबिकेको हकप्रद शेयर खुला गर्न लागेको हो । कोषले ८२.८४ प्रतिशत हकप्रद शेयर निष्कासन गर्दा बिक्री नभएको सर्वसाधारण समूहको उक्त शेयर लिलामी गर्न लागेको हो ।

बोलपत्र पेश गर्ने अन्तिम म्याद चैत २ गते तोकिएको छ । लगानीकर्ताले न्यूनतम १०० रुपैयाँ वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ ।

न्यूनतम १० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङ, टेकु काठमाडौं तथा नागरिक लगानी कोषको कार्यालय, नयाँ वानेश्बर काठमाडौं र यसका विराटनगर र पोखरा शाखाबाट बोलपत्र पेश गर्न सकिनेछ ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More