Home Uncategorized एनआईसी एशिया बैंकको ३ कम्पनीको संस्थापक शेयर खरीदका लागि आज बोलपत्र आव्हान गरिने

एनआईसी एशिया बैंकको ३ कम्पनीको संस्थापक शेयर खरीदका लागि आज बोलपत्र आव्हान गरिने

by अर्थन्यूज

काठमाडौं – एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको तीन कम्पनीको लिलामी शेयरमा परेको गोप्य शिलबन्दी बोलपत्र आज (शुक्रवार) खोलिने भएको छ । 

कम्पनीले माघ ८ गतेदेखि १२ गतेसम्म आफ्नो स्वामित्वमा रहेको आरएमडिसी लघुवित्त वित्तीय संस्थाको ४ लाख ३६ हजार ३६१ कित्ता, महुली सामुदायिक लघुवित्त वित्तीय संस्थाको ६१ हजार २०० कित्ता र मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको ५ लाख ९८ हजार ५८९ कित्ता संस्थापक शेयर लिलामीमा विक्री खुला गरेको थियो । 

कम्पनीले आरएमडिसी लघुवित्तको शेयरको हकमा न्यूनतम मूल्य प्रतिकित्ता रू. ५२३, महुली लघुवित्तको प्रतिकित्ता रू. ८१२ र मेरो माइक्रोफाइनान्स लघुवित्तको प्रतिकित्ता रू. ४६३  तोकेको थियो । बोलकबोल गर्दा तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गर्नुपर्ने व्यवस्था अनुसार बढी मूल्य अंकित गर्नेलाई प्राथमिकता दिदैं शेयर बाँडफाँट गरिनेछ । 

यो शेयर विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । अपरान्ह ३:३० बजे विक्री प्रबन्धकको कार्यालयमै बोलपत्र खोलिने विक्री प्रबन्धकले जानकारी दिएको छ ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More