Home आईपीओ महिला लघुवित्तको आईपीओ बाँडफाँट, ३७ हजार ५०० जना मात्र भाग्यशाली

महिला लघुवित्तको आईपीओ बाँडफाँट, ३७ हजार ५०० जना मात्र भाग्यशाली

by अर्थन्यूज

काठमाडौं – महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ शुक्रवार बिहान बाँडफाँट भएको छ । विक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडको कार्यालय हात्तिसार, काठमाडौंमा गोलाप्रथाद्वारा भएको बाँडफाँटमा ३७ हजार ५०० जनाले १० कित्ताका दरले शेयर हात पारेका छन् । 

विक्री प्रबन्धकका अनुसार कम्पनीको आईपीओमा १५ लाख ४० हजार ३५ जनाले आवेदन दिएकोमा ३ हजार ३५३ जनाको आवेदन रद्ध भएको छ । रितपूर्वक आवेदन दिएर योग्य भएका १५ लाख ३६ हजार ६ सय ८२ जनालाई आईपीओ बाँडफाँटमा सहभागी गराईएको थियो । योग्य आवेदकमध्ये पनि १४ लाख ९९ हजार १८२ जनाको हात खाली भएको छ । 

कम्पनीले माघ ३० गतेदेखि सर्वसाधारणका लागि ३ लाख ७५ हजार कित्ता शेयर सार्वजनिक निष्कासन गरेको हो । प्रतिकित्ता रू. १०० अंकित दरको कुल ४ लाख कित्ता आईपीओमध्य ५ हजार कित्ता कम्पनीका कर्मचारीहरुका लागि र २० हजार कित्ता सामूहिक लगानीकोषलाई बाँडफाँट गरिएको छ । 

आईपीओ बाँडफाँट पश्चात कम्पनीको चुक्तापूँजी रू. १० करोड पुगेको छ । आर्थिक वर्ष २०७६/७७ सम्ममा कम्पनीको प्रतिशेयर आम्दानी रू. ५७ दशमलव ८५ र प्रतिशेयर नेटवर्थ रू. ३१३ दशमलव १६ रहेको छ । 

प्रतिशेयर नेटवर्थको तीन गुणासम्म धितोपत्र दोस्रो बजारमा पहिलो कारोबारका मूल्य तोक्ने व्यवस्था बमोजिम कम्पनीको पहिलो कारोबारका लागि रू. ३१३ दशमलव १६ देखि रू. ९३९ दशमलव ४८ सम्म मूल्य तोकिने देखिन्छ । आजदेखि आईपीओ बाँडफाँटको नतिजा सम्बन्धित निष्कासन कम्पनी, विक्री प्रबन्धक र मेरो शेयरमार्फत हेर्न सकिने छ ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More