Home बैंकिङलघुवित्त नेप्सेमा २ ओटा लघुवित्त कम्पनीको शेयरमूल्य समायोजन

नेप्सेमा २ ओटा लघुवित्त कम्पनीको शेयरमूल्य समायोजन

by अर्थन्यूज

काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले शुक्रवार दुई ओटा कम्पनीको मूल्य समायोजन गरेको छ । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेड र नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको मूल्य समायोजन गरेको हो । 

दुवै कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनार्थ शुक्रवार बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो । 

नेप्सेले गणपति लघुवित्तको १५ प्रतिशत बोनस शेयरको समायोजनपछि शेयरमूल्य रू. १ हजार ५४२ तोकेको छ ।

कम्पनीको अघिल्लो कारोबारको दिन अर्थात बिहीवार कायम अन्तिम शेयरमूल्य रू. १ हजार ७७३ को आधारमा शेयरमूल्य समायोजन भएको हो ।

कम्पनीले प्रस्तावित लाभांश सहित विविध प्रस्ताव पारित गर्न फागुन २८ गते चौंथो वार्षिक साधारण सभा बोलाएको छ । 

सभा ह्वाइट हाउस पार्टि प्यालेस, तनहुमा बिहान ११ बजे शुरु हुनेछ । सभाले १५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ७९ प्रतिशत नगद लाभांश गरी कुल १५ दशमलव ७९ प्रतिशत प्रस्तावित लाभांश पारित गर्नेछ ।

त्यस्तै, नेप्सेले नेशनल माइक्रोफाइनान्सको २१ प्रतिशत बोनस शेयरको समायोजनपछि शेयरमूल्य रू. २ हजार ७४८ तोकेको छ । कम्पनीको बिहीवार शेयरमूल्य रू. ३ हजार ३२५ मा अन्तिम कारोबार भएको थियो । 

कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई २१ प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले चैत ५ गते सातौं वार्षिक साधारण सभा बोलाएको छ । सभा क्रिक रिर्सोट धादिङवेशी धादिङमा बिहान १० बजे शुरु हुने कम्पनीले जानकारी गराएको छ ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More