Home लगानि कुमारी इक्विटी फण्डको इकाईमा आजदेखि आवेदन शुरु हुने

कुमारी इक्विटी फण्डको इकाईमा आजदेखि आवेदन शुरु हुने

by अर्थन्यूज

काठमाडौं – कुमारी इक्विटी फण्डको इकाईमो आज (शुक्रवार) देखि आवेदन दिन सकिनेछ । कुमारी क्यापिटलको व्यवस्थापनमा  सञ्चालन हुन लागेको यस फण्डले प्रतिइकाई रू. १० अंकित मूल्यको रू. ८० करोड बराबरको ८ करोड इकाई विक्री गर्न लागेको हो । 

कुल इकाईमध्ये कोष प्रबर्धकको रुपमा रहेको कुमारी बैंकलाई १५ प्रतिशत दरको १ करोड २० लाख इकाई सुरक्षित राखी बाँकी ६ करोड ८० लाख कित्ता सार्वजनिक निष्कासनमा ल्याएको हो । यो इकाई छिटोमा फागुन १८ र ढिलोमा फागुन २८ गतेसम्म सार्वजनिक निष्कासनमा रहनेछ ।

कम्पनीले सञ्चालन गर्न लागेको यो सामूहिक लगानीकोष योजना बन्दमुखी योजना हो । इकाई विक्री प्रबन्धकमा कुमारी क्यापिटल रहेको छ । इकाई खरीदका लागि विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयबाट आवेदन दिन सकिने व्यवस्था छ । 

साथै, मेरो शेयर सफ्टवेयर र मेरो शेयर मोवाइल एपबाट पनि आवेदन दिन सकिनेछ । आवेदन दिँदा न्यूनतम १०० कित्तादेखि अधिकतम ८० लाख कित्तासम्म माग गर्न सकिनेछ ।

१० वर्षे अवधिको यो इकाई बाँडफाँट भएको मितिले दश वर्षपछि योजनाको सम्पत्तिलाई नगदमा परिणत गरी इकाईधनीहरुलाई समानुपातिक हिसाबले प्रचलित कानून बमोजिम बाँडफाँट गरिनेछ । 

योजनाको सम्पूर्ण इकाई धितोपत्र दोस्रो बजारमा सूचीकृत गरी कारोबार गर्न सकिने व्यवस्था गरिने समेत कोष व्यवस्थापक कुमारी क्यापिटलको भनाइ छ ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More