Home अपराध मृतकको डिम्याट खाताबाट आईपीओ

मृतकको डिम्याट खाताबाट आईपीओ

by अर्थन्यूज

अघिल्लो हफ्ता एउटा मर्चेन्ट बैंकिङ कार्यालयमा शेयर नामसारीका लागि एक व्यक्ति आए । उनी पाँच महिनाअघि मृत्यु भएकी श्रीमतीका नाममा रहेको शेयर नामसारीका लागि आएका थिए ।तर उनको डिम्याट खातामा मृत्युपछि निस्कासन भएका प्राथमिक शेयर (आईपीओ) पनि थिए । मर्चेन्टका कर्मचारीले मृत्यु भएको र आईपीओ निष्कासनको मिति दाँजेर हेर्दा पत्ता लाग्यो । ती व्यक्तिले श्रीमतीको मृत्युपछि पनि मृतककै खाताबाट (मेरो शेयर) मार्फत शेयर भर्दै आएका रहेछन् । 

चार महिनाअघि शेयर नामसारीकै लागि अर्का एक व्यक्ति शेयर रजिस्टार कार्यालय पुगे । ती व्यक्ति डेढ वर्षअघि मृत्यु भएका बुवाको नाममा रहेको शेयर आफ्नो नाममा नामसारीका लागि आएका थिए । बुवाको मृत्युपछि पनि ती व्यक्तिले मृतकको नाममा शेयरमा लगानी गर्दै आएका रहेछन् ।

यो समाचार कान्तिपुर दैनिकमा यज्ञ बञ्जाडेले लेखेका छन् । 

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More