Home बैंकिङ माछापुच्छ्रे बैंकद्वारा एकै दिन ३ स्थानमा क्यूआर कोड सेवा सुरु

माछापुच्छ्रे बैंकद्वारा एकै दिन ३ स्थानमा क्यूआर कोड सेवा सुरु

by अर्थन्यूज

माछापुच्छ्रे बैंक लिमिटेडले एकै दिन पोखराका ३ स्थानमा क्यूआर कोड सेवा सञ्चालनमा ल्याएको छ । बैंकको हङकङ बजार, पोखरेली ट्याक्सी सेवा प्रा.लि. र सिद्दार्थ चोकमा रहेको श्री कम्प्लेक्समा शुक्रबारदेखि क्यूआरकोड सेवा सञ्चालनमा ल्याएको हो ।

पोखराको नयाँ बजारमा रहेको हङकङ बजारमा शुक्रबार एक कार्यक्रमका बीच नेपाल राष्ट्र बैंकका कायम मुकायम निर्देशक पुस्कर सुर्खाली र माछापुच्छ्रे बैंकका संचालक रोशन केसीले संयुक्त रुपमा क्यूआर कोड सेवाको उद्घाटन गरेका हन् ।

यो सेवा संचालनमा आएपछि हङकङ बजार तथा श्री कम्प्लेक्समा तरकारी, फलफूल तथा अन्य कस्मेटिक सामान किन्न जाने उपभोक्ताले मोबाइल बैंकिङ एप्लिकेसन प्रयोग गरी तरकारी किन्न सक्नेछन् । त्यसैगरि पोखरेली ट्याक्सी व्यवसायी अन्तर्गत सञ्चालनमा रहेका ट्याक्सीमा चढ्ने ग्राहकले नगदको सट्टामा क्यूआर कोडको प्रयोग गरि ट्याक्सी भाडा तिर्न सक्नेछन् ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More