Home बजार सुनको मूल्य ओरालो लाग्ने क्रम जारी

सुनको मूल्य ओरालो लाग्ने क्रम जारी

by अर्थन्यूज

काठमाडौं – केही दिनदेखि लगातार घट्ने क्रममा रहेको सुनको मूल्यले आइतवार पनि निरन्तरता पाएको छ । स्थानिय बजारमा गत कारोबार दिन अर्थात शुक्रवार रू. ५०० ले घटेको सुनको मूल्य आइतवार पनि सोही अंकले घटेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतवार छापावाला सुन प्रतितोला रू. ८८ हजार ३०० मा कारोबार भएको छ । शुक्रवार छापावाला सुनको मूल्य प्रतितोला रू. ८८ हजार ८०० मा कारोबार भएको थियो । शुक्रवारको तुलनामा आइतवार छापावाला सुन प्रतितोला रू. ५०० ले घटेको हो । 

त्यसैगरी, तेजाबी सुन प्रतितोला रू. ८७ हजार ८५० मा कारोबार भएको छ । शुक्रवार तेजाबी सुन प्रतितोला रू. ८८ हजार ३५० मा कारोबार भएको थियो । 

यस्तै, आइतवार चाँदीको मूल्य पनि घटेको छ । शुक्रवार प्रतितोला रू. एक हजार ३३५ मा कारोबार भएको चाँदी आइतवार १ हजार ३२५ मा कारोबार भएको छ । शुक्रवारको तुलनामा आइतवार चाँदी रू. १० ले घटेको हो ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More