काठमाडौं – चन्द्रागिरी हिल्स कम्पनीको शेयर मूल्य आइतवार ९ दशमलव ८१ प्रतिशतले वृद्धि भएको छ ।
यो समाचार तयार पार्दाको समय १२ : १२ बजेसम्ममा कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ४१४ पुगेको हो । कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता अत्याधिक भएकाले शेयर मूल्य बढेको हो ।
उक्त अवधिसम्ममा कम्पनीको शेयरमा १० लाखभन्दा बढी खरीद अर्डर छ भने विक्रेता एउटा पनि छैनन् । उक्त कम्पनीलाई आइतवार लागू हुने गरी नेपाल स्टक एक्सचेञ्ज( नेप्से) ले होटल तथा पर्यटन समूहमा वर्गिकरण गरेको छ ।
Facebook Comments