धरान – भारतले अदुवा आयात खुल्ला गरे पनि नेपालमा उत्पादन भएको अदुवा भारत निर्यात हुन सकेको छैन ।
विगतमा जस्तो भारतले आयातमा प्रतिबन्ध लगाएर नभई अदुवाको भाउ ह्वात्तै घटेका कारण कारोबार ठप्प हुँदा भारत निर्यात हुन नसकेको हो । धरानको कृषि उपज बजारका अनुसार विगत वर्षहरूको तुलनामा कृषि बजारमा पूर्वी पहाडी क्षेत्रबाट अदुवा कम भित्रिएको छ ।
आव ०७६/ ०७७ मा प्रतिकेजी १२० रूपियाँ पर्ने अदुवा आव ०७७/ ०७८ मा घटेर प्रतिकेजी २८ रूपियाँमा झरेपछि कृषकहरूले उत्पादन गरेको अदुवा बजारमा आउन कम भएको कृषि उपज बजारले बताएको छ ।
भारतले आफैं अदुवा उत्पादन गरेर नेपालको अदुवा खरीद नगर्दा अदुवा भारततर्फ निर्यात हुन नसकेको व्यापारीहरू बताउँछन् । कृषि बजारका व्यापारी विनोद कुलुङले कृषि उत्पादन गत वर्षको जस्तै मूल्यमा बेच्न चाहन्छन् भने व्यापारीहरू त्यो मूल्यमा किन्न नसकिने बताउँछन् । उनले भने, ‘गत वर्षको यही सिजनमा अदुवा प्रतिकेजी १२० रूपियाँ थियो , यो वर्ष घटेर प्रतिकेजी २८ रूपियाँ पुगेको छ ।’
अर्का अदुवाव्यापारी ज्ञानु बस्नेतले समेत कृषिबजारमा अदुवानआएको र भारतमाअदुवानिर्यात हुननसकेकाले अदुवाव्यापार ठप्प भएको बताए । ‘कृषकहरू उच्चमूल्य चाहन्छन्, व्यवसायीले मूल्यदिन सक्दैनन्’, उनले भने, ‘खरीद गरे पनि भारतले कृषकबाट खरीद गरेको भाउभन्दा कममूल्यमा दिनुपर्ने हुन्छ ।’
बजारका अनुसार तीनवर्षको तथ्याङ्कलाई हेर्दा यो वर्ष सबैभन्दाकममूल्य र सबैभन्दाकम कारोबार भएको कृषिबजारका व्यवस्थापक लक्ष्मण भट्टराईले बताए ।
उनकाअनुसार आव ०७५/ ०७६ मा मूल्य ८० रूपियाँ हुँदा ८ हजार ५४२ मेट्रिक टन अदुवा कृषि बजारबाट कारोबार भएको थियो । यस्तै आव ०७६/ ०७७मूल्य बढेर प्रतिकेजी १२० रुपियाँ पुग्दा कारोबार बढेर १० हजार ५८९ मेट्रिक टन अदुवाको कारोबार भएको थियो ।
उनले आव ०७७/ ०७८ मा वर्ष ११ हजार मेट्रिक टन अदुवा कृषि बजारबाट मात्र कारोबार हुने अनुमान गरे पनि अदुवाको मूल्यमा गिरावट आएपछि बजारले हालसम्म ५ हजार ४३० मेट्रिक टन अदुवाको काराबोर भएको बताए ।
बजारमा सुनसरीका केही क्षेत्र, मोरङ, उदयपुरका उत्तरी क्षेत्र, कोशी पहाडी जिल्लाकाखोटाङ, पाँचथर, तेह्रथुमका साथै सिन्धुलीबाट कृषि बजारमा अदुवा आउने गरेको छ । यस्तै कृषि बजारबाट नेपालका विभिन्न स्थान र भारतसम्म निर्यात हुने कृषि बजारले बताएको छ ।
श्रोतः आर्थिक अभियान