Home बैंकिङलघुवित्त स्वावलम्बन लघुवित्तले आव्हान गर्‍यो १९औं वार्षिक साधारण सभा

स्वावलम्बन लघुवित्तले आव्हान गर्‍यो १९औं वार्षिक साधारण सभा

by अर्थन्यूज

काठमाडौं – स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले चैत ११ गते १९औं वार्षिक साधारण सभा आव्हान गरेको छ । 

कम्पनीले अम्रपाली ब्यांक्वेट बालुवाटार, काठमाडौंमा बिहान ११ बजेका लागि सभा बोलाएको हो । कम्पनीको फागुन १७ गते बसेको सञ्चालक समितिको बैठकले उक्त मितिमा सभा गर्ने निर्णय गरेको हो । 

सभाले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट शेयरधनीहरुलाई १९ दशमलव ००५७ प्रतिशत बोनस शेयर र १ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि) गरी कुल २० दशमलव ००५७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभाको अन्य प्रस्तावमा कम्पनीको रजिष्टर्ड कार्यालय स्थानान्तरण गर्ने, कम्पनीको प्रवन्धपत्र र नियमावली संशोधन गर्ने, सर्वसाधारण तर्फको सञ्चालक पद संख्या १ मा पूर्ण अवधिको लागि सञ्चालक नियुक्त गर्ने रहेको छ ।  

साधारण सभा र लाभांश प्रयोजनका लागि फागुन २८ गतेदेखि चैत ११ गतेसम्म बुक क्लोज गर्ने तयारी कम्पनीको छ । बुक क्लोजको आधारमा फागुन २७ गतेसम्म कायम शेयरधनीहरु मात्र सभाभा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More