Home बजार सुनको भाउमा पुनः गिरावट, बिहीवार तोलामा १ हजारले घट्यो

सुनको भाउमा पुनः गिरावट, बिहीवार तोलामा १ हजारले घट्यो

by अर्थन्यूज

काठमाडौं । नेपाली बजारमा बिहीवार सुनको मूल्य ओरालो लागेको छ । स्थानिय बजारमा बिहीवार सुनको भाउ रू. १ हजारले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीवार छापावाला सुन प्रतितोला रू. ८६ हजार ५०० मा कारोबार भएको छ । बुधवार छापावाला सुनको मूल्य प्रतितोला रू ८७ हजार ५०० मा कारोबार भएको थियो । बुधवारको तुलनामा बिहीवार छापावाला सुन प्रतितोला रू. १ हजारले घटेको हो ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला रू. ८६ हजार ५० मा कारोबार भएको छ । बुधवार तेजाबी सुन प्रतितोला रू. ८७ हजार ५० मा कारोबार भएको थियो । 

यस्तै, बिहीवार चाँदीको मूल्य पनि घटेको छ । बुधवार प्रतितोला रू. एक हजार ३१५ मा कारोबार भएको चाँदी बिहीवार प्रतितोला रू. एक हजार २८५ खरीदविक्री भइरहेको छ । बुधवारको तुलनामा बिहीवार चाँदी रू. ३० ले घटेको हो ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More