Home अर्थतन्त्र अर्थ मन्त्रालय आव २०७८/ ८९ का लागि नयाँ बजेट लेख्ने तयारीमा

अर्थ मन्त्रालय आव २०७८/ ८९ का लागि नयाँ बजेट लेख्ने तयारीमा

by अर्थन्यूज

काठमाडौं । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०७८/ ८९ को बजेट निर्माणका लागि लेखनको तयारी अघि बढाएको छ ।

मन्त्रालय स्रोतका अनुसार सो मन्त्रालयका वरिष्ठतम सहसचिव डा रामप्रसाद घिमिरेको संयोजकत्वमा बजेट लेखन समिति बनाएको हो। उनको नेतृत्वमा रहेको समितिमा सहसचिवहरू रामेश्वर दंगाल, श्रीकृष्ण नेपाल, धनिराम शर्मा र सुमन दाहाल सदस्य छन्।

नयाँ बजेटका लागि सबै मन्त्रालय, निकाय र आयोगले प्रस्ताव पनि तयार गरिरहेका छन् । ती प्रस्तावहरुलाई समेटेर अर्थले आगामी वर्षको बजेटलाई अन्तिम रूप दिनेछ।

यसअघि पूर्व अर्थ सचिवहरुले कोभिड- १९ महामारीको कारणबाट अप्ठ्यारो स्थितिमा पुगेको अर्थतन्त्रलाई पुनरउत्थान गर्नेगरी आगामी आर्थिक बर्षको बजेटलाई केन्द्रित गर्न सुझाव दिएका थिए ।

उनीहरुले स्वास्थ्य क्षेत्रको पूर्वाधार विस्तार एवं क्षमता विकासलाई पनि विशेष जोड दिन आग्रह पनि गरेका थिए । सचिवहरुले दिएको  सुझावमा भने अर्थसचिव शिशिर ढुंगानाले आगामी आर्थिक वर्षको बजेटमा कोभिड–१९ बाट समस्याग्रस्त अर्थतन्त्रलाई पुनरुत्थान गर्ने दिशमा केन्द्रित रहने बताएका थिए ।

चालू आवको बजेटमा निजीक्षेत्रले राहत तथा पुनरुत्थानका लागि ठूलो अपेक्षा गरेता पनि बजेटले उनीहरूलाई निराश बनाएको थियो । कोरोनाले अर्थतन्त्रमा पार्ने असर आगामी वर्ष पनि रहिरहने भएकाले यसका लागि बजेट लक्षित हुनुपर्ने विज्ञहरुको भनाइ छ  ।

नयाँ बजेटको तयारी अघि बढाइए पनि यसपटक स्रोतको अनुमान गर्न कठिन रहेको अर्थ मन्त्रालयसम्बद्ध अधिकारीहरू बताउँछन्।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More