Home लगानि प्रभु बैंकद्वारा शेयरधनीको हितग्राही खातामा बोनस शेयर जम्मा

प्रभु बैंकद्वारा शेयरधनीको हितग्राही खातामा बोनस शेयर जम्मा

by अर्थन्यूज

काठमाडौं । प्रभु बैंक लिमिटेडले शेयरधनीहरुको हितग्राही खातामा प्रतिशत बोनस शेयर जम्मा गरिदिएको छ ।

कम्पनीले २६ गते सम्पन्न १९औं वार्षिक साधारण सभाबाट पारित १० प्रतिशत बोनस शेयर शेयरधनीको हितग्राही खातामा जम्मा गरिदिएको हो ।

कम्पनीले पुस १० गतेसम्म भौतिक शेयर अभौतिकीकरण गराएका शेयरधनीहरुको हितग्राही खातामा उक्त बोनस शेयर जम्मा गरिदिएको हो । 

पुस १० गतेपश्चात शेयर अभौतिकीकरण गराएका शेयरधनीहरुको हितग्राही खातामा सो बोनस शेयर क्रमशः जम्मा गर्दै जाने व्यवस्था गरिएको कम्पनीले जानकरी दिएको छ । 

त्यस्तै,  हालसम्म बोनस शेयर अभौतिकीकरण नगराएका शेयरधनीहरुलाई शीघ्र शेयर अभौतिकीकरण गराई बोनस शेयर प्राप्त गर्न कम्पनीले अनुरोध गरेको छ । कम्पनीको शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More