Home बजार लगातार ओरालो लाग्ने क्रममा रहेको सुनको भाउ आइतवार भने बढ्यो

लगातार ओरालो लाग्ने क्रममा रहेको सुनको भाउ आइतवार भने बढ्यो

by अर्थन्यूज

काठमाडौं । केही दिनदेखि लगातार घट्ने क्रममा रहेको सुनको मूल्य आइतवार भने उकालो लागेको छ । स्थानिय बजारमा आइतवार सुनको मूल्य रू. ५०० ले बढेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतवार छापावाला सुन प्रतितोला रू. ८६ हजार १०० मा कारोबार भएको छ । शुक्रवार छापावाला सुनको मूल्य प्रतितोला रू. ८५ हजार ६०० मा कारोबार भएको थियो । शुक्रवारको तुलनामा आइतवार छापावाला सुन प्रतितोला रू. ५०० ले बढेको हो । 

त्यसैगरी, तेजाबी सुन प्रतितोला रू. ८५ हजार ६५० मा कारोबार भएको छ । शुक्रवार तेजाबी सुन प्रतितोला रू. ८५ हजार १५० मा कारोबार भएको थियो । 

यस्तै, आइतवार चाँदीको मूल्य भने स्थिर रहेको छ । शुक्रवार प्रतितोला रू. एक हजार २५० मा कारोबार भएको चाँदी आइतवार पनि सोही मूल्यमा खरीदविक्री भइरहेकको छ ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More