Home कर्पोरेट साल्ट ट्रेडिङ र नेशनल हाइड्रोपावर कम्पनीको शेयर मूल्य ५ % का दरले ह्रास

साल्ट ट्रेडिङ र नेशनल हाइड्रोपावर कम्पनीको शेयर मूल्य ५ % का दरले ह्रास

by अर्थन्यूज

काठमाडौं ।  साताको पहिलो कारोबार दिन साल्ट ट्रेडिङ कर्पोरेशन र नेशनल हाइड्रोपावर कम्पनीको शेयर मूल्य ५ प्रतिशतका दरले घटेको छ ।

नेशनल हाइड्रोपावर कम्पनीको शेयर मूल्य ५ दशमलव ५२ प्रतिशतले घटेर शेयर मूल्य प्रतिकित्ता रू. १५४ मा झरेको छ भने साल्ट ट्रेडिङ कर्पोरेशनको शेयर मूल्य ५ प्रतिशतले घटेर प्रतिकित्ता रू. १० हजार ४५० मा पुगेको छ ।

ती दुबै कम्पनीको शेयरमा खरीदकर्ताभन्दा विक्रेता धेरै भएकाले शेयर मूल्य घटेको हो । ती दुबै कम्पनीको शेयर मूल्य केहि दिन अगाडि ९ प्रतिशतभन्दा बढीका दरले वृद्धि भएको थियो ।  

लगानीकर्ताले प्रोफिट बुक गर्न लागेसँगै कम्पनीको शेयर मूल्य घटेको हो ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More