काठमाडौं । नेपाली बजारमा बिहीवार पनि सुनको मूल्य उकालो लागेको छ । स्थानिय बजारमा अघिल्लो कारोबारको दिन अर्थात बुधवार रू. ६०० ले बढेको सुनको भाउ बिहीवार पनि सोही अंकले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीवार छापावाला सुन प्रतितोला रू. ८६ हजार ८०० मा कारोबार भएको छ । बुधवार छापावाला सुनको मूल्य प्रतितोला रू ८६ हजार २०० मा कारोबार भएको थियो । बुधवारको तुलनामा बिहीवार छापावाला सुन प्रतितोला रू. ६०० ले बढेको हो ।
त्यसैगरी, तेजाबी सुन प्रतितोला रू. ८६ हजार ३५० मा कारोबार भएको छ । बुधवार तेजाबी सुन प्रतितोला रू. ८५ हजार ७५० मा कारोबार भएको थियो ।
यस्तै, बिहीवार चाँदीको मूल्य पनि बढेको छ । बुधवार प्रतितोला रू. एक हजार २७० मा कारोबार भएको चाँदी बिहीवार प्रतितोला रू. एक हजार २८५ खरीदविक्री भइरहेको छ । बुधवारको तुलनामा बिहीवार चाँदी रू. १५ ले बढेको हो ।