Home लगानि किसान लघुवित्तले एफपीओ निष्कासन गर्नका लागि मर्चेण्ट बैंकसँग माग्यो कोटेशन

किसान लघुवित्तले एफपीओ निष्कासन गर्नका लागि मर्चेण्ट बैंकसँग माग्यो कोटेशन

by अर्थन्यूज

काठमाडौं । किसान लघुवित्त वित्तीय संस्थाले एफपीओ निष्कासन गर्नका लागि मर्चेण्ट बैंकहरुसँग कोटेशन माग गरेको छ । 

कम्पनीले १२ लाख ९८ हजार २५९ कित्ता एफपीओ निष्कासन गर्नका लागि  इच्छुक  एफपीओ जारी गरी सकेका अनुभवि क्यापिटल मार्केटलाई आफ्नो कम्पनीको प्रोफाइलसहित दर रेट केटेशन पेश गर्न भनेको  । 

 यस किसान लघुवित्त एनआरएन लघुवित्त वित्तीय संस्था र किसान माइक्रोफाइनान्स गाभिएपश्चात बनेको कम्पनी हो ।  यी दुई कम्पनीसँग गाभिनु अघि एनआरएन लघुवित्त वित्तीय संस्थाले क्रिएटिभ लघुवित्त र रामारोशन लघुवित्तलाई गाभेको थियो ।

नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सूचीकृत कम्पनीले सूचीकृत नभएका कम्पनीहरुलाई गाभेपछि शेयर संरचना मिलाउनु पर्ने हुँदा उक्त कम्पनीले एफपीओ निष्कासन गर्ने तयारी गरिहेको छ ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More