Home लगानि प्राइम कमर्सियल बैंकको ऋणपत्रमा आजदेखि आवेदन दिन सकिने

प्राइम कमर्सियल बैंकको ऋणपत्रमा आजदेखि आवेदन दिन सकिने

by अर्थन्यूज

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले आज (शुक्रवार) देखि ऋणपत्र निष्कासन तथा विक्री खुला गरेको छ । कम्पनीले ८ वर्ष अवधिको ‘८ दशमलव ७५ प्रतिशत प्राइम डिबेन्चर २०८५’ निष्कासन गर्न लागेको हो । 

कम्पनीले प्रतिऋणपत्र रू. १ हजार अंकित मूल्यको रू. ३ अर्ब ५० करोड बराबरको ३५ लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो । निष्कासन गरिने कुल ऋणपत्रमध्ये रू. २ अर्ब १० करोड बराबरको २१ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट र बाँकी रू. १ अर्ब ४० करोड बराबरको १४ लाख कित्ता ऋणपत्र सर्वसाधारणहरुमा विक्री खुला गर्ने भएको हो ।

छिटोमा चैत ३ गते र ढिलोमा चैत १३ गतेसम्म विक्रीमा रहने यो ऋणपत्र खरीदका लागि न्यूनतम २५ कित्तादेखि अधिकतम ५ लाख कित्ता कित्तासम्म आवेदन दिन सकिने व्यवस्था छ ।

ऋणपत्रको निष्कासन तथा विक्री प्रबन्धक आरबिबि मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त सि-आस्बा सेवामा सहभागि बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका तोकिएका शाखा कार्यालयहरुबाट पनि आवेदन दिन सक्नेछन् ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More