Home बैंकिङलघुवित्त स्वरोजगार लघुवित्तको साधारण सभा शनिवार हुँदै

स्वरोजगार लघुवित्तको साधारण सभा शनिवार हुँदै

by अर्थन्यूज

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले शनिवार १२ औं वार्षिक साधारण सभा बोलाएको छ ।

कम्पनीले नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौंमा विहान ११ः३० बजे सभा गर्न लागेको हो । सभाले आर्थिक वर्ष २०७६/ ७७ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित गर्नुका साथै प्रस्तावित लाभांश पारित गर्नेछ ।

यस वर्ष कम्पनीले १२ दशमलव ३९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ६५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । 
हाल कायम कम्पनीको चुक्तापूँजी रू. ३६ करोड ५९ लाख ३७ हजारको आधारमा उक्त लाभांश दिन लागेको हो ।

सभाले अन्य कुनै एक वा एकभन्दा बढी उपयुक्त लघुवित्त वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने गाभिने वा प्राप्ति गर्ने भएमा सम्पूर्ण जिम्वेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि गर्नेछ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले फागुन १५ देखि फागुन २८ गतेसम्म बुक क्लोज गरेको छ । यस आधारमा फागुन १३ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य भएका छन् ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More