Home ऊर्जा युनाइटेड इदी मार्दी एण्ड आरबि हाइड्रोपावरको साधारण सभा चैत २० गते

युनाइटेड इदी मार्दी एण्ड आरबि हाइड्रोपावरको साधारण सभा चैत २० गते

by अर्थन्यूज

काठमाडौं । युनाइटेड इदी मार्दी एण्ड आरबि हाइड्रोपावर लिमिटेडको ११औं वार्षिक साधारण सभा चैत २० गते हुने भएको छ । 

कम्पनीले होटल सांग्रिला भिलेज, पोखरा, कास्कीमा बिहान ११ बजेका लागि सभा बोलाएको हो । कम्पनीको फागुन २६ गते बसेको सञ्चालक समितिको बैठकले सभा गर्ने निर्णय गरेको हो । 

सभाको प्रस्तावमा कम्पनीको प्रवन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने, साधारण शेयरधनीको तर्फबाट १ जना सञ्चालकको निर्वाचन गर्ने तथा विविध विषय रहेको छ । 

साधारण सभा प्रयोजनका लागि चैत ६ गते (एक दिन) बुक क्लोज गर्ने तयारी कम्पनीको छ । बुक क्लोजको आधारमा चैत ५ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन योग्य हुनेछन् ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More