काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रवार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । स्थानिय बजारमा अघिल्लो कारोबारको दिन अर्थात बिहीवार रू. ६०० ले बढेको सुनको भाउ शुक्रवार पनि सोही अंकले घटेकोे हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रवार छापावाला सुन प्रतितोला रू. ८६ हजार २०० मा कारोबार भएको छ । बिहीवार छापावाला सुनको मूल्य प्रतितोला रू. ८६ हजार ८०० मा कारोबार भएको थियो । बिहीवारको तुलनामा शुक्रवार छापावाला सुन प्रतितोला रू. ६०० ले घटेको हो ।
त्यसैगरी, तेजाबी सुन प्रतितोला रू. ८५ हजार ७५० मा कारोबार भएको छ । बिहीवार तेजाबी सुन प्रतितोला रू. ८६ हजार ३५० मा कारोबार भएको थियो ।
यस्तै, शुक्रवार चाँदीको मूल्यमा पनि गिरावट आएको छ । बिहीवार प्रतितोला रू. एक हजार २८५ मा कारोबार भएको चाँदी शुक्रवार प्रतितोला रू. एक हजार २७० खरीदविक्री भइरहेको छ । बिहीवारको तुलनामा शुक्रवार चाँदी रू. १५ ले घटेको हो ।