Home विश्व भारतमा निजीकरण अभियानः कम्तिमा १०० ओटा सरकारी कम्पनी विक्री गर्ने योजना

भारतमा निजीकरण अभियानः कम्तिमा १०० ओटा सरकारी कम्पनी विक्री गर्ने योजना

by अर्थन्यूज

नयाँदिल्ली( भारत) । भारतमा कम्तिमा १०० ओटा सरकारी कम्पनीलाई निजीकरण गर्ने योजना भइरहेको छ ।

त्यहाँको  नीति आयोगले प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारले दिएको निर्देशन अनुरुप उक्त योजना बनाइरहेको भन्दै इकोनोमिक टाइम्सले उक्त योजना सफल भएमा देशमै अहिलेसम्मको ठूलो निजीकरण अभियान हुने बताएको छ ।

उक्त अभियान अन्तर्गत केन्द्र सरकारले सम्वन्धित मन्त्रालयहरुले विभिन्न कम्पनीको सम्पति पहिचान र मूल्यांकन गर्न शुरु गरेका छन् । केन्द्र सरकारले जसका लागि पाइपलान निर्माण तथा विस्तृत विवरण तयार गर्न पनि मन्त्रालयहरुलाई भनेको छ ।

उक्त कार्य आगामी चार वर्षभित्र सम्पन्न गरिसक्ने योजना पनि छ । विभिन्न सुत्रहरुलाई उद्धृत गर्दै इकोनोमिक टाइम्सले नीति आयोगले ती कम्पनीको सम्पति आउने समयमा विक्रीका लागि सूची तयारी गरिरहेको छ ।

त्यसो त नीति आयोगले कम्तिमा १०० ओटा यस्ता कम्पनीहरु छनोट गरेको छ, जुन निजीकरण निकट भविष्यमै गरिने छ । सरकारी बोझ कम गर्ने उद्धेष्यले गर्न लागिएको उक्त योजना अन्तर्गत ती  कम्पनीको मूल्य ५ लाख करोड भारु रहने प्रारम्भिक अनुमान छ ।

भारतको सुस्त अर्थव्यवस्थालाई ध्यानमा राख्दै केन्द्र सरकारले हालैका दिनमा उक्त अभियान अन्तर्गत त्यहाँको ब्लूचिप तेल कम्पनी भारत पेट्रोलियम कर्पोरेशन लिमिटेड, शिपिंग कर्पोरेशन अफ इन्डियाको स्वामित्व विक्री गर्न मन्जुरी दिएको छ । त्यसैगरी त्यहाँको मालबाहक कन्टेनर कर्पोरेशन(कन्कोर) को शेयर स्वामित्व पनि कटौती गरिने योजना सरकारले बनाइरहेको छ । 

वित्तमन्त्री निर्मला सितारमणले त्यसका लागि प्रथम चरणमा जागरुक अभियान चलाइने संवाददाता सम्मेलनमा बुधवार बताएकी हुन् ।  स्रोतले एक जना वरिष्ठ सरकारी अधिकारीलाई उद्धृत  गर्दै सरकारले ती  कम्पनीको सम्पति बेच्नको लागि फास्ट ट्रयाक मोडमा काम गर्ने छ । एजेन्सी

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More