Home बीमा प्रिमियर इन्स्योरेन्सले आव्हान गर्‍यो २७औं वार्षिक साधारण सभा

प्रिमियर इन्स्योरेन्सले आव्हान गर्‍यो २७औं वार्षिक साधारण सभा

by अर्थन्यूज

काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडले चैत २३ गते २७औं वार्षिक साधारण सभा आव्हान गरेको छ । 

कम्पनीले प्रिमियर भवन, नक्साल, काठमाडौंमा बिहान ११ बजेका लागि सभा बोलाएको हो । कम्पनीको फागुन २६ गते बसेको सञ्चालक समितिको बैठकले  सभा गर्ने निर्णय गरेको हो ।

सभाले शेयरधनीहरुलाई हाल कायम चुक्तापूँजीको ११ दशमलव शून्य ५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभाको अन्य प्रस्तावमा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक तोक्ने, कम्पनीको नियमावीमा संशोधन गर्ने पनि रहेको छ ।

साधारण सभा र लाभांश प्रयोजनका लागि चैत ११ गतेदेखि २३ बुक क्लोज गर्ने तयारी कम्पनीको छ । बुक क्लोजको आधारमा चैत १० गतेसम्म कायम शेयरधनीहरु मात्र सभाभा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More