Home बजार नेप्सेमा २ ओटा कम्पनीको शेयरमूल्य समायोजन

नेप्सेमा २ ओटा कम्पनीको शेयरमूल्य समायोजन

by अर्थन्यूज

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले आइतवार २ ओटा कम्पनीको बोनस शेयरको मूल्य समायोजन गरेको छ ।

नेप्सेले महिला सहयात्रा लघुवित्त वित्तीय संस्था र सृजना फाइनान्सको बोनस शेयरको मूल्य समायोजन गरेको हो । यी २ ओटै कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनार्थ आइतवार बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो ।

नेप्सेले महिला सहयात्रा लघुवित्तको १० प्रतिशत बोनस शेयरको समायोजन पछि शेयरमूल्य रू. १ हजार १४५ तोकेको छ । नेप्सेले अघिल्लो कारोबारको दिन अर्थात बिहीवार कायम अन्तिम शेयरमूल्य १ हजार २५९ को आधारमा शेयरमूल्य समायोजन गरेको हो ।

कम्पनीले यस वर्ष १० प्रतिशत बोनस शेयर र शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

त्यस्तै, नेप्सेले सृजना फाइनान्सको १३ दशमलव ५९ प्रतिशत बोनस शेयरको समायोजन पछि शेयरमूल्य रू. १८५ तोकेको छ । कम्पनीको बिहीवार रू. २१० मा अन्तिम कारोबार भएको थियो । 

कम्पनीले यस वर्ष १३ दशमलव ५९ प्रतिशत बोनस शेयर र शून्य दशमलव ६८ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । 

उक्त लाभांश पारितका लागि सिर्जना फाइनान्सले पनि चैत १४ गते वार्षिक साधारण सभा बोलाएको छ ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More