Home बजार एनआईसी एशियाको स्वामित्वमा रहेको २ ओटा कम्पनीको संस्थापक शेयर आजदेखि लिलामीमा

एनआईसी एशियाको स्वामित्वमा रहेको २ ओटा कम्पनीको संस्थापक शेयर आजदेखि लिलामीमा

by अर्थन्यूज

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो स्वामित्वमा रहेको नेशनल लाइफ इन्स्योरेन्स र नागरिक लगानी कोषको संस्थापक शेयर आज (आइतवार)देखि लिलामीमा विक्री गर्ने भएको छ । 

कम्पनीले नेशनल लाइफ इन्स्योरेन्सको २५ हजार कित्ता र नागरिक लगानी कोषको ५० हजार कित्ता संस्थापक शेयर लिलामीमा विक्री गर्ने भएको हो । 

उक्त शेयर खरीद गर्न प्रचलित कानून बमोजिम योग्य लगानीकर्ताले चैत ६ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् । 

नेशनल लाइफ इन्स्योरेन्सको न्यूनतम मूल्य रू. ४०४ र नागरिक लगानी कोषको रू.१ हजार ५०४ तोकिएको छ । आवेदकले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्ने हुन्छ । 

यो शेयर खरीदका लागि बोलकबोल गर्दा न्यूनतम १०० कित्ता वा सो भन्दा माथि १० ले भाग जाने गरी अधिकतममा सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । 

कम्पनीको शेयर विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More