Home आईपीओ २९ करोडको आईपीओ चैत ६ गतेदेखि आउँदै, २ लाख कित्तासम्म आवेदन दिन पाइने

२९ करोडको आईपीओ चैत ६ गतेदेखि आउँदै, २ लाख कित्तासम्म आवेदन दिन पाइने

by अर्थन्यूज

चैत ६ गतेदेखि सिंगटी हाइड्रो इनर्जीले सर्वसाधारणलाई साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनिले प्रतिकित्ता १०० रुपैयाँका दरले २९ करोड रुपैयाँको २९ लाख कित्ता सेयर निष्काशन गर्न लागेको हो ।

जसमा ५८ हजार कित्ता सेयर कर्मचारी र १ लाख ४५ हजार कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याईएको छ । बाँकि रहेको २६ लाख ९७ हजार कित्तामा सर्वसाधरण लगानिकर्ताले आवेदन दिन पाउनेछन् ।

आईपीओमा ६ गतेदेखि चैत १० गतेसम्म आवेदन दिन सकिनेछ । त्यस अवधिमा माग अनुसार आवेदन नपरेमा र चैत २० गतेसम्म दिन सकिनेछ ।

न्यूनतम १० कित्तादेखि अधिकतम २ लाख कित्तासम्म आवेदन दिन पाइनेछ । आवेदन सि– आस्वा सदस्य रहेका बैक तथा वित्तिय संस्था र मेरो सेयरबाट पनि दिन सकिनेछ ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More