Home बैंकिङलघुवित्त फर्स्ट माइक्रोफाइनान्सको २५ हजार कित्ता संस्थापक शेयर विक्रीमा

फर्स्ट माइक्रोफाइनान्सको २५ हजार कित्ता संस्थापक शेयर विक्रीमा

by अर्थन्यूज

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले संस्थापक शेयर विक्री गर्ने भएको छ । 

कम्पनीले सूचना जारी गर्दै २५ हजार कित्ता संस्थापक समूहको शेयर चैत ३ गते (मंगलवार)देखि विक्री गर्न लागेको बताएको हो ।

उक्त शेयर खरीद गर्न इच्छुक साविकका संस्थापक शेयरधनी वा योग्य व्यक्ति, कम्पनी तथा संस्थाले कम्पनीले वैसाख ६ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् ।

उक्त शेयरको न्यूनतम मूल्य रू. २७५ तोकिएको छ । आवेदकले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्ने हुन्छ । 

यो शेयर खरीदका लागि बोलकबोल गर्दा न्यूनतम ५ हजार कित्ता वा सो भन्दा माथि १० ले भाग जाने गरी अधिकतममा सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।

कम्पनीको शेयर विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More