Home बजार नारायणी डेभलपमेण्ट बैंकको अवितरित हकप्रद शेयर आजदेखि लिलामीमा

नारायणी डेभलपमेण्ट बैंकको अवितरित हकप्रद शेयर आजदेखि लिलामीमा

by अर्थन्यूज

काठमाडौं । नारायणी डेभलपमेण्ट बैंक लिमिटेडले आज (सोमवार)देखि अवितरित हकप्रद शेयर लिलामी प्रकृयाबाट विक्री खुला गरेको छ । बैंकले गत माघ १३ देखि फागुन ३ गतेसम्म विक्री खुला गर्दा वितरण हुन नसकेको सर्वसाधारणतर्फको ६ हजार ५८३ कित्ता र संस्थापकतर्फको १५ हजार ९७४ कित्ता शेयर लिलामी प्रकृयाबाट विक्री गर्न लागेको हो ।

यो शेयर खरिदका लागि चैत १० गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सकिनेछ । यो शेयरको न्यूनतम मूल्य रू. १०० तोकिएकाले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । 

उक्त शेयरमा बोलपत्र पेश गर्दा न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । शेयर विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । 

बोलपत्र विक्री प्रबन्धकसँगै ग्लोबल आइएमई बैंक लिमिटेडको विर्तामोड, विराटनगर, जनकपुर, वीरगञ्ज, नारायणगढ, पोखरा, बुटवल, बाग्लुङ, नेपालगञ्ज, सुर्खेत, दाङ, धनगढी र महेन्द्रनगरका शाखा कार्यालयमा प्राप्त गर्न र पेश गर्न सकिनेछ ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More