Home बजार आजदेखि धितोपत्र दोस्रो बजारमा नयाँ दुई ओटा कम्पनीको शेयर कारोबार शुरु हुँदै

आजदेखि धितोपत्र दोस्रो बजारमा नयाँ दुई ओटा कम्पनीको शेयर कारोबार शुरु हुँदै

by अर्थन्यूज

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मंगलवारदेखि नयाँ दुई  ओटा कम्पनीको शेयर कारोबार शुरु हुने भएको छ ।

महिला लघुवित्त र ग्रीन लाइफ हाइड्रोपावर कम्पनीको मंगलवारदेखि नेप्सेमा कारोबार शुरु हुन लागेको हो । यसअघि २०८ ओटा कम्पनी सूचीकृत रहेको नेप्सेमा सोमवार थप दुई  ओटा कम्पनीले शेयर सूचीकृत गराएका हुन् ।

यसर्थ दोस्रो बजारमा सूचीकृत कम्पनीको संख्या अव २१०  ओटा पुगेको छ । एक जलविद्युत् र एक लघुवित्त समूहका कम्पनी नेप्सेमा थपिएका हुन् । 

ग्रीन लाइफ हाइड्रोपावर कम्पनीले संस्थापक र सर्वसाधारणको गरी कुल १ करोड ८० लाख कित्ता शेयर सूचीकृत गराएको छ भने महिला लघुवित्तले कम्पनीको संस्थापक तर्फको ६ लाख कित्ता र सर्वसाधारण तर्फको ४ लाख कित्ता गरी कुल १० लाख कित्ता शेयर सूचीकृत गराएको हो । 

ग्रीन लाइफ हाइड्रोपावरको पहिलो कारोबारका लागि नेप्सेले  प्रतिकित्ता रू. ९९ दशमलव ६७ देखि रू. २९९ दशमलव शून्य १ को मूल्य रेञ्ज तोकेको छ भने महिला लघुवित्तको प्रतिकित्ता रू. ३१३ दशमलव १६ देखि ९३९ दशमलव ४८ सम्मको मूल्य रेञ्ज तोकेको छ । सोही मूल्यरेञ्जको आधारमा पहिलो दिन प्रि ओपनिङ सेसमा कारोबार भए नियमित सेसनको कारोबार शुरु हुनेछ ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More