Home बजार मंगलवार पहिलो घण्टामा ०.८३% बढ्यो नेप्से

मंगलवार पहिलो घण्टामा ०.८३% बढ्यो नेप्से

by अर्थन्यूज

काठमाडौं । मंगलवार कारोबारको पहिलो घण्टामा नेप्से परिसूचक १९ दशमलव ७५ अंकले बढेर २ हजार ४०८ दशमलव ९३ विन्दुमा पुगेको छ ।   

२ हजार ४०० दशमलव शून्य ५ विन्दुबाट शुरु भएको बजार कारोबारको पहिलो घण्टामा शून्य दशमलव ८३ प्रतिशतले बढेको हो । 

पहिलो घण्टाको अवधिमा १९४ ओटा कम्पनीको ९ हजार ८८२ पटकको कारोबारमा २४ लाख ५२ हजार ४३३ कित्ता शेयरको रू. ५८ करोड ६५ लाख ४ हजार बराबरको खरीदविक्री भएको छ ।

कारोबारको पहिलो घण्टामा चन्द्रागिरी हिल्स, जोशी हाइड्रोपावर, घलेम्दी हाइड्रोपावर र ग्रीन लाइफ हाइड्रोपावरको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।

पहिलो घण्टामा कारोबारमा आएका १३ ओटा समूहको परिसूचकमध्ये म्युचुअल फण्ड समूहको परिसूचक घटेको छ भने बाँकी बैंकिङ, व्यापार, होटल्स तथा पर्यटन, विकास बैंक, जलविद्युत, वित्त, निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन, अन्य, लघुवित्त, जीवन बीमा र लगानी समूहको परिसूचक बढेको छ । 

यस अवधिसम्म अपर तामाकोशी हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. ४ करोड ४३ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू. ६६३ मा कारोबार भइरहेको छ ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More