काठमाडौं । नेपाल फाइनान्सले शेयरधनीलाई विगत पाँच वर्षभन्दा पुरानो लाभांश लिन अनुरोध गरेको छ ।
विभिन्न साधारण सभाबाट पारित पुरानो लाभांश रकम केही शेयरधनीले हालसम्म पनि लिन नआएकाले आफूले लिन बाँकी लाभांश लिन अनुरोध गरेको हो ।
कम्पनीले यो सूचना प्रकाशित गरेको ३० दिन भित्र शेयरधनीले कम्पनीको प्रशासन विभागमा सम्पर्क लिई लाभांश रकम लिन सक्नेछन् ।
साथै, हितग्राही खातामा आफ्नो बैंक खाता अद्यावधिक गर्न बाँकी शेयरधनीले बैंक खाता अद्यावधिक गराई लाभांश रकम प्राप्त गर्न सक्नेछन् ।
Facebook Comments