Home बजार चन्द्रागिरी हिल्सको शेयरमूल्य ९.९८ % ले वृद्धि, प्रतिकित्ता रू. १०६९ पुग्यो

चन्द्रागिरी हिल्सको शेयरमूल्य ९.९८ % ले वृद्धि, प्रतिकित्ता रू. १०६९ पुग्यो

by अर्थन्यूज

काठमाडौं । मंगलवार चन्द्रागिरी हिल्सको शेयरमूल्य लगातार आज २६ दिनसम्म ९ दशमलव ९८ प्रतिशतका दरले वृद्धि हुँदै आएको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. १ हजार ६९ पुगेको हो । कम्पनीको शेयरमा लगानीकर्ताको आर्कषण बढ्दो छ । 

कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयर मूल्य बढेको हो । कम्पनीको शेयरमूल्य पहिलो कारोबार दिन प्रतिकित्ता रू. १६१ खुला भएको भएको थियो ।  

पहिलो कारोबारको लागि रू. ९६ दशमलव ६९ देखि २९० दशमलव ०७ ओपन रेञ्ज पाएको छ । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने गर्दछ ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More