Home बजार मंगलवार पनि सुनको मूल्य स्थिर, चाँदीको भाउ भने वृद्धि

मंगलवार पनि सुनको मूल्य स्थिर, चाँदीको भाउ भने वृद्धि

by अर्थन्यूज

काठमाडौं । नेपाली बजारमा मंगलवार पनि सुनको मूल्य स्थिर रहेको छ । सोमवारदेखि स्थिर रहेको सुनको भाउ मंगलवार दोस्रो दिन पनि स्थिर रहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलवार छापावाला सुन प्रतितोला रू. ८६ हजार ६०० मा कारोबार भएको छ । सोमवार पनि सोही मूल्यमा सुन किनबेच भएको थियो । 

त्यसैगरी, तेजाबी सुन प्रतितोला रू. ८६ हजार १५० मा कारोबार भएको छ । 

यस्तै, मंगलवार पनि चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । सोमवार प्रतितोला रू. एक हजार २७५ मा कारोबार भएको चाँदी मंगलवार रू. १ हजार २८० मा खरीदविक्री भइरहेको छ । सोमवारको तुलनामा मंगलवार चाँदी रू. ५ ले बढेको हो ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More