Home बजार नेपाल इन्फ्रास्ट्रक्चर बैंकलाई नेप्सेले माग्यो स्पष्टिकरण

नेपाल इन्फ्रास्ट्रक्चर बैंकलाई नेप्सेले माग्यो स्पष्टिकरण

by अर्थन्यूज

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) ले नेपाल इन्फ्रास्ट्रक्चर बैंकलाई स्पष्टिकरण माग गरेको छ । 

नेप्सेले कितोपत्रबो मूल्यमा प्रभावित पार्ने संवेदनशिल सूचना तथा जानकारी सम्बन्धीत निकायमा जानकारी गराउन नआउँदै के कति कारणले यस्तो प्रचार गरेको हो भन्ने बारे तीन दिन भित्र सो सम्बन्धमा स्पष्टिकरण पेश गर्न भनेको छ ।

कम्पनीले ३० मिलियन डलरको बण्ड ल्याउने, लन्डन स्टक एक्सचेञ्जमा सूचीकृत हुने, चालू आर्थिक वर्ष भित्रमानै ८ दशमलव ५ प्रतिशत ब्याज तोकि बण्ड जारी गर्ने र सो पनि लन्डन स्टक एक्सचेञ्जमा सूचीकृत गराउने र मुनाफाबाट १० प्रतिशत लाभांश वितरण गर्ने जस्ता बारे यसअघि  आफ्नो भनाइ सार्वजनिक गरेको छ । 

नेप्सेले धितोपत्र नियमावली  अनुसार सो कार्य नगरेको तथा धितोपत्रको मूल्यमा प्रभाव पार्ने संवेदनशिल सूचना तथा जानकारी सम्बन्धीत निकायमा जानकारी गराउन नआउँदै के कति कारणले यस्तो प्रचार गरिएको हो भन्ने बारेमा स्पष्टिकरण माग गरेको हो ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More