Home बजार बुधवार पहिलो घण्टामा ०.०९% बढ्यो नेप्से

बुधवार पहिलो घण्टामा ०.०९% बढ्यो नेप्से

by अर्थन्यूज

काठमाडौं । बुधवार कारोबारको पहिलो घण्टामा नेप्से परिसूचक २ दशमलव शून्य ४ अंकले बढेर २ हजार ३९३ दशमलव ७८ विन्दुमा पुगेको छ ।   

२ हजार ३९९ दशमलव २१ विन्दुबाट शुरु भएको बजार कारोबारको पहिलो घण्टामा शून्य दशमलव शून्य ९ प्रतिशतले बढेको हो । 

पहिलो घण्टाको अवधिमा १९६ ओटा कम्पनीको ९ हजार ७०१ पटकको कारोबारमा ११ लाख ९८ हजार २७७ कित्ता शेयरको रू. ५८ करोड २० लाख ८६ हजार बराबरको खरीदविक्री भएको छ ।

कारोबारको पहिलो घण्टामा चन्द्रागिरी हिल्स, जोशी हाइड्रोपावर, घलेम्दी हाइड्रोपावर र खानीखोला हाइड्रोपावरको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।

पहिलो घण्टामा कारोबारमा आएका १३ ओटा समूहको परिसूचकमध्ये बैंकिङ, निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन, अन्य र म्युचुअल फण्ड समूहको परिसूचक घटेको छ भने बाँकी व्यापार, होटल्स तथा पर्यटन, विकास बैंक, जलविद्युत, वित्त, लघुवित्त, जीवन बीमा र लगानी समूहको परिसूचक बढेको छ । 

यस अवधिसम्म नेपाल लाइफ इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. ६ करोड ९ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू. २ हजार १५ मा कारोबार भइरहेको छ ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More