Home बजार बुधवार तोलामा ३०० ले उकालो लाग्यो सुनको मूल्य

बुधवार तोलामा ३०० ले उकालो लाग्यो सुनको मूल्य

by अर्थन्यूज

काठमाडौं । नेपाली बजारमा बुधवार सुन तथा चाँदीको मूल्य बढेको छ । स्थानिय बजारमा अघिल्लो दुई कारोबारको दिन स्थिर रहेको सुनको भाउ बुधवार भने ३०० ले उकालो लागेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार छापावाला सुन प्रतितोला रू. ८६ हजार ९०० मा कारोबार भएको छ । मंगलवार छापावाला सुनको मूल्य प्रतितोला रू. ८६ हजार ६०० मा कारोबार भएको थियो । मंगलवारको तुलनामा बुधवार छापावाला सुन प्रतितोला रू. ३०० ले बढेको हो ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला रू. ८६ हजार ४५० मा कारोबार भइरहेको छ । मंगलवार तेजाबी सुन प्रतितोला रू. ८६ हजार १५० मा कारोबार भएको थियो । 

यस्तै, बुधवार चाँदीको मूल्य भने घटेको छ । मंगलवार प्रतितोला रू. एक हजार २८० मा कारोबार भएको चाँदी बुधवार प्रतितोला रू. एक हजार २७० मा कारोबार भइरहेको छ । मंगलवारको तुलनामा बुधवार चाँदीको मूल्य रू. १० ले घटेको हो ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More