Home बैंकिङलघुवित्त मेरो माइक्रोफाइनान्सको संस्थापक शेयर लिलामीमा विक्री गर्दै एनआईसी एशिया बैंक

मेरो माइक्रोफाइनान्सको संस्थापक शेयर लिलामीमा विक्री गर्दै एनआईसी एशिया बैंक

by अर्थन्यूज

काठमाडौं । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयर लिलामीमा विक्री हुने भएको छ । 

कम्पनीले सूचना जारी गर्दै मेरो माइक्रोफाइनान्सको ५ लाख ८९ हजार ४३८ कित्ता संस्थापक समूहको शेयर आज (बुधवार) देखि विक्री गर्न लागेको बताएको हो ।

उक्त शेयर खरीद गर्न योग्य इच्छुक विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति कम्पनी तथा संस्थाले कम्पनीले वैशाख ७ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् ।

उक्त शेयरको न्यूनतम मूल्य रू. ४३७ तोकिएको छ । आवेदकले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्ने हुन्छ । 

उक्त शेयर खरीदका लागि बोलकबोल पेश गर्दा न्यूनतम १०० कित्ता र अधिकतम शेयर संख्याका लागि कुनै हद नलाग्ने कम्पनीले जानकारी दिएको छ । 

कम्पनीको शेयर विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More