Home आईपीओ शुक्रबार सार्वजनिक हुँदै छ सिंगटी हाइड्रो इनर्जी लिमिटेडको आईपीओ

शुक्रबार सार्वजनिक हुँदै छ सिंगटी हाइड्रो इनर्जी लिमिटेडको आईपीओ

by अर्थन्यूज

सिंगटी हाइड्रो इनर्जी लिमिटेडले सर्वसाधारणका लागि चैत ६ गतेबाट आईपीओ सार्वजनिक गर्दै छ । कम्पनीले सर्वसाधारणका लागि २६ करोड ९७ लाख रुपैयाँ बराबरको २६ लाख ९७ हजार कित्ता शेयर निष्काशन गर्ने छ ।

कम्पनीले दोस्रो चरणमा कुल २९ करोड रुपैयाँ बराबरको २९ लाख कित्ता शेयर निष्काशन गरेकोमा जसमध्ये २ प्रतिशत अर्थात ५८ हजार कित्ता कर्मचारीलाई र ५ प्रतिशत अर्थात १ लाख ४५ हजार कित्ता सामुहिक लगानीकोषहरुका लागि छुट्याएको छ ।

बाँकी रहेको २६ लाख ९७ हजार कित्ता शेयर सर्वसाधारणमा बाँडफाँड हुनेछ । यसअघि स्थानियहरुको लागि शेयर विक्रि खुल्ला गरेको कम्पनीले अब भने सर्वसाधरणको लागि आईपीओ सार्वजनिक गर्न लागेको हो ।

कम्पनीको आइपीओमा छिटोमा चैत ६ गतेदेखि १० गतेसम्म आवेदन दिन सक्नेछन् भने सो अवधिमा सबै शेयर बिक्री नभए ढिलोमा चैत २० गतेसम्म आवेदन दिन पाइने व्यवस्था छ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More