Home आईपीओ बुक बिल्डिङ विधिबाट आइपीओ निष्काशन गर्दै रिलायन्स स्पिनिङ्ग मिल्स लिमीटेड

बुक बिल्डिङ विधिबाट आइपीओ निष्काशन गर्दै रिलायन्स स्पिनिङ्ग मिल्स लिमीटेड

by अर्थन्यूज

नेपालकै सबैभन्दा ठूलो धागो उद्योग रिलायन्स स्पिनिङ्ग मिल्स लिमीटेडले आइपीओ निश्कासनका लागि ग्लोबल आइएमई क्यापीटल लिमीटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । बुधबार रिलायन्स स्पिनिङ्ग मिल्स लिमीटेड र क्यापीटलबीच शेयर निष्कासन तथा बिक्री प्रबन्ध सम्बन्धी सम्झौता भएको छ ।

रिलायन्स स्पिनिङ्ग मिल्स लिमीटेडको मुख्य लगानीकर्ता रहेका कार्यकारी अध्यक्ष पवन गोल्यान र सञ्चालक अक्षय गोल्यान समेतको उपस्थितिमा सम्पन्न भएको उक्त कार्यक्रममा मिल्सको तर्फबाट सञ्चालक शशिकान्त अग्रवाल र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारसमणि ढकालले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।कम्पनीले बुक बिल्डिङ्ग विधिमार्फत १४ लाख ६० कित्ता साधारण शेयर निष्कासन गर्ने जनाएको छ । बुक बिल्डिङ्ग विधिमार्फत १४ लाख ६० हजार कित्ता शेयरमध्ये ४० प्रतिशत शेयर योग्य संस्थागत लगानीकर्ता र बाँकी ६० प्रतिशत शेयर सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो । वि.सं.२०५१ सालमा दर्ता भएको स्पिनिङ्ग मिल्सले ४,३०० भन्दा धेरैेलाई रोजगार दिन सफल भएको छ ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More