साधारण शेयरमा लगानि गर्न मन पराउनेहरुको लागि अर्को लघुबित्त कम्पनीले शेयर जारी गर्न लागेको छ । बिगत केही समय पछि नेपालको पूंजी बजारमा लगानी गर्ने लगानीकर्ता बढीरहेको पाईन्छ। भर्खर बजार प्रबेस गरेकालाई साधारण शेयरबाट राम्रै आम्दानीको कारण बजारप्रति बिशेष चासो रहेको छ । यसै पनि बजारमा साधारण शेयर भनेपछि हानथाप भएर आबेदन दिनेको सख्यांले गर्दा अहिलेको समयमा बिभिन्न बैंक तथा बित्तीय संस्थामा भीड़ बढेको देखिन्छ ।अहिले १० वटा भन्दा बढ़ी कम्पनीहरुको शेयर जारी गर्न पाइपलाईनमा रहेका छन् । यस्तै, एक दर्जन बढी कम्पनीले शेयर जारीको लागि अनुमति माग्न धितोपत्र बोर्डमा आवेदन दिने तयारीमा रहेका छन् । जीवन विकास लघुवित्त, मनकामना स्मार्ट लघुवित्त, र सयपत्री हाइड्रोपावरले साधारण शेयर जारीको लागि धितोपत्र बोर्डमा आवेदन दिएका हुन् ।
Facebook Comments