Home आईपीओ ३६ देखि ६२ करोडसम्मका आईपीओ आउँदै, बलेफी हाइड्रोपावर र ग्रीन भेन्चर्सको तयारी कस्तो छ ?

३६ देखि ६२ करोडसम्मका आईपीओ आउँदै, बलेफी हाइड्रोपावर र ग्रीन भेन्चर्सको तयारी कस्तो छ ?

by अर्थन्यूज

बलेफी हाइड्रोपावर लिमिटेड र ग्रीन भेन्चर्स लिमिटेडले आईपीओ निष्कासनको लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन् । बलेफी हाइड्रोपावरले फागुन २५ गते र ग्रीन भेन्चर्सले फागुन २८ गते बोर्डमा निवेदन दर्ता गराएका हुन् ।

दुवै कम्पनीले आयोजना प्रभावित स्थानिय र आम सर्वसाधारणका लागि आईपीओ जारी गर्ने तयारी गरेका हुन् । बलेफी हाइड्रोपवारले स्थानिय र सर्वसाधारणका लागि रू. ३६ करोड ५५ लाख ९४ हजार बराबरको ३६ लाख ५५ हजार ९४० कित्ता र ग्रीन भेन्चर्सले रू. ६२ करोड ५० लाख बराबरको ६२ लाख ५० हजार कित्ता आईपीओ विक्री गर्न लागेका हुन् ।

आईपीओ विक्रीका लागि दुवै कम्पनीहरुले विक्री प्रबन्धक समेत नियुक्त गरिसकेका छन् । बलेफी हाइड्रोपावरको आईपीओ विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल र ग्रीन भेन्चर्स लिमिटेडको विक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More