काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले आज (शुक्रवार) देखि आईपीओ निष्कासन गर्ने भएको छ ।
कम्पनीले २९ लाख कित्ता आईपीओ निष्कासन गर्ने भएको हो । जसमध्ये ५८ हजार कित्ता कर्मचारीको लागि, १ लाख ४५ हजार कित्ता सामूहिक लगानी कोषको लागि र बाँकी रहेको २६ लाख ९७ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन गर्न सक्नेछन् ।
आईपीओ निष्कासन बन्द मिति छिटोमा चैत १० र उक्त समयमा विक्री नभएमा चैत २० गतेसम्म लगानीकर्ताले आवेदन गर्न सक्नेछन् । कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम २ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
कम्पनीले निष्कासन गर्ने आईपीओलाई केयर रेटिङ नेपालले केयर एनपी डबल बी माइनस रेटिङ प्रदान गरेको छ । यस्तो रेटिङ वित्तीय दायित्व पूरा गर्न मध्यम जोखिम रहेको देखाउँछ ।
कम्पनीको धितोपत्र निष्कासन तथा विक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेको छ ।
साथै आवेदकले सी-आस्बा सेवामा सहभागि बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयसँगै मेरो शेयरबाट आवेदन गर्न सक्नेछन् ।