Home लगानि बैंक अफ काठमाण्डूको स्वामित्वमा रहेको २ ओटा कम्पनीको बोलपत्र आइतवार खोलिदैं

बैंक अफ काठमाण्डूको स्वामित्वमा रहेको २ ओटा कम्पनीको बोलपत्र आइतवार खोलिदैं

by अर्थन्यूज

काठमाडौं । बैंक अफ काठमाण्डूकोे स्वामित्वमा रहेको आरएमडिसी लघुवित्त र छिमेक लघुवित्तको लिलामी शेयरमा परेको गोप्य शिलबन्दी बोलपत्र आइतवार खोलिने भएको छ । 

कम्पनीले माघ २७ गतेदेखि चैत ३ गतेसम्म आफ्नो स्वामित्वमा रहेको आरएमडिसी लघुवित्तको १ लाख ५० हजार र छिमेक लघुवित्तको ७ लाख कित्ता संस्थापक शेयर लिलामीमा विक्री खुला गरेको थियो । 

उक्तको शेयर विक्री प्रबन्धकमा बि.ओ.के क्यापिटल लिमिटेड रहेको छ । आइतवार दिउँसो ४ बजे विक्री प्रबन्धकको कार्यालयमै बोलपत्र खोलिने विक्री प्रबन्धकले जानकारी दिएको छ ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More