Home यातायात यामाहा महाएक्सचेन्ज मेला शुरू

यामाहा महाएक्सचेन्ज मेला शुरू

by अर्थन्यूज

काठमाडौं । यामाहा नेपालको महाएक्सचेञ्ज मेला काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ । मेला आउँदो चैत ११ गतेसम्म सञ्चालन हुनेछ ।

मेलामा यामाहाले जुनसुकै ब्रान्डका पुराना मोटरसाइकलका लागि प्रचलित बजार मूल्यमा १५,००० रुपैयाँ थप मूल्यांकन गर्नेछ । साथै, यामाहा बाइक तथा स्कुटर खरिदमा कम मासिक किस्ता, शून्य प्रतिशत ब्याजदर र कम डाउनपेमेन्टलगायत अफरका साथ ‘अन द स्पट फाइनान्सिङ’ को सुविधासमेत उपलब्ध गराएको कम्पनीले बताएको छ ।

मेलाको आकर्षणमा ग्राहकले यामाहा ब्रान्डका बाइक  तथा स्कुटर खरिद गर्दा स्योर सट नगद छुटमा १०,००० रुपैयाँ र चलाउँदा लगाउने सामग्री जित्न सक्नेछन् ।  टेस्ट राइड गर्ने विजेताले हेलिकोप्टर यात्राको अवसर पाउने कम्पनीले जनाएको छ ।

अवलोकनकर्तालाई निःशुल्क बाइक चेकअप र निःशुल्क सफाइ अफर, डोर पुरस्कार, दैनिक क्विजलगायत सुविधा राखिएका छन् । यामाहा मोटर्सका सीईओ चिरञ्जीवी शाहले मेला बाइकधनीका लागि साटफेर र खरिद गर्ने उपयुक्त थलो हुने बताए ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More