Home यातायात पठाओलाई कडाइ गर्दै ट्राफिक प्रहरी, सेवा अवरूध्द हुँदैन

पठाओलाई कडाइ गर्दै ट्राफिक प्रहरी, सेवा अवरूध्द हुँदैन

by अर्थन्यूज

मोबाइल एपबाट ट्याक्सी र मोटरसाइकलले यात्रु ओसारपसार गर्दै आएको पठाओलाई ट्राफिक प्रहरीले थप कडाइ गर्ने भएको छ । पठाओ सञ्चालक (राइडर) हरुले सामूहिक रुपमा अनैतिक गतिविधिहरु गर्न थालेको पाइएकाले कडाइ शुरु गरेको महानगरिय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एसपी श्यामकृष्ण अधिकारीले जानकारी दिनुभयो ।
सेवा वन्द गर्ने भन्ने होइन तर नियमन गरी कडाइ गर्न शुरु गरेका हौँ ’ उहाँले भन्नुभयो । चोकचोकमा पठाओ लेखेको पोशाक लगाएर घण्टौ बस्ने, हुल बनेर होहल्ला गर्ने, सामाजिक सञ्जालमा ट्याक्सी र अन्य यातायात व्यवसायीमाथि अनैतिक गाली गर्ने जस्ता क्रियाकलाप गरेको पाइएको अधिकारीले बताउनुभयो ।
प्राविधिक कारणवश सर्भरमा समस्याका कारण बुक गर्न नमिलेकाले त्यस्तो हुन गए पनि बेलुकासम्म ठिक हुने पठाओका प्राविधिकका पुष्प रिजालले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More